१९ मंसिर २०८२, शुक्रबार
जेन–जी आन्दोलन

संसद भवन अगाडि गोली लागेर थप एक जनाको मृत्यु : मृतकको संख्या २ पुग्यो

प्रकाशित मिति :  8 September, 2025 2:50 pm


काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा सोमबार दिउँसो गोली लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ । मृतकको शव उठाउनका लागि शववाहन बोलाइएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले चलाएको गोली लागेर घाइते एक प्रदर्शनकारीको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको थियो । यससँगै सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

संसद भवन परिसरमा आन्दोलनकारी र प्रहरीबीच झडप भइरहेका छन् । भीड नियन्त्रणका लागि प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली र पानीको फोहोरा प्रयोग गरिरहेको छ भने आन्दोलनकारीले बारम्बार आगजनी गर्ने प्रयास गरिरहेका छन् ।

कर्फ्यू आदेश जारी भए पनि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएको देखिन्छ । मृत्युको घटनापछि आन्दोलनकारीहरू अझ आक्रोशित भएका छन् र बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ ।



प्रतिक्रिया दिनुहोस !