२२ मंसिर २०८२, सोमबार
काठमाडौँ मेडिकल कलेजमा थप एक प्रदर्शनकारीको मृत्यु

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

प्रकाशित मिति :  8 September, 2025 3:16 pm


काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलमा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ । केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो । यससँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यसअघि सिभिल अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको थियो । अहिले विभिन्न अस्पतालमा २० जना गम्भीर घाइतेको उपचार भइरहेको दाहालले जानकारी दिए ।

सोमबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा धेरैजना घाइते भएका थिए । प्रहरीले रबरको गोली, अश्रुग्यास र लाठी प्रहार गरेर भिड नियन्त्रणमा लिन खोज्दा ठूलो संख्यामा घाइतेको अवस्था गम्भीर भएको बताइएको छ । सडक आन्दोलन चर्किएसँगै देशको राजनीतिक स्थिरता र सामाजिक वातावरणबारे गम्भीर प्रश्न उठिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !