जेन-जी आन्दोलन : ट्रमा सेन्टरमा थप एक जनाकाे मृत्यु, मृत्यु हुनेको संख्या १५ पुग्याे
ट्रमा सेन्टरमा ७, सिभिलमा ३, केएमसीमा १, त्रिवि शिक्षणमा १ र एभरेष्टमा ३ जनाको मृत्यु
प्रकाशित मिति : 8 September, 2025 4:45 pm
काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एकजनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।
यससँगै ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । त्यस्तै, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । आज दिनभर राजधानीसहित देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनमा प्रहरीले रबरको गोली, अश्रुग्यास र लाठीचार्ज प्रयोग गरेको थियो । मृत्युको संख्या बढेसँगै आन्दोलन अझ चर्किन सक्ने सम्भावना देखिएको छ ।








