१९ मंसिर २०८२, शुक्रबार

रुपन्देहीमा निषेधाज्ञा जारी : पाँच जनाभन्दा बढीको जमघट प्रतिबन्ध

प्रकाशित मिति :  9 September, 2025 9:19 am


रुपन्देही । रुपन्देही जिल्लामा प्रदर्शन, जुलुस, हुलदंगा वा झडपका कारण शान्ति सुरक्षा भंग हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले विहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने जानकारी दिए । उनले जिल्लाभर ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्णरुपमा निषेध गरिएको जनाए ।

उनका अनुसार प्रशासनले चेतावनी दिएको छ कि आदेशको उल्लंघन गर्ने वा यसलाई अवरोध गर्ने जोसुकै व्यक्तिविरुद्ध प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने छ ।

निषेधाज्ञा लागू गरिएको क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रहरीसँग समन्वय गर्दै शान्ति व्यवस्था कायम राख्न विशेष ध्यान दिइने प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !