जेन–जी प्रदर्शनकारीद्वारा माओवादी अध्यक्ष प्रचण्डको निवास नजिक आगजनी
प्रकाशित मिति : 9 September, 2025 10:23 am
काठमाडौँ । जेन–जी पुस्ताका प्रदर्शनकारीले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवास नजिकको सुरक्षा बिटमा आगजनी गरेका छन् । घटना मंगलबार साढे ९ बजेतिर भएको हो ।
त्यसैगरी, काठमाडौँ बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास वरिपरि पनि प्रदर्शनकारीको उपस्थिति देखिएको छ ।
सोमबारदेखि राजधानीसहित देशभर जेन–जी पुस्ता भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमा राजनीतिक नेताहरूको घरलाई निशाना बनाउने संकेतसमेत दिएका छन् ।
प्रहरी र सुरक्षा निकायले घटना नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएका छन् भने प्रदर्शनकारीलाई शान्तिपूर्ण रुपमा हटाउन प्रयास भइरहेको प्रशासनले जनाएको छ ।








