१९ मंसिर २०८२, शुक्रबार

जेन–जी आन्दोलनको प्रभाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो १२ बजेसम्म बन्द

प्रकाशित मिति :  10 September, 2025 7:09 am


काठमाडौँ । राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो १२ बजेसम्मका लागि बन्द गरिएको छ । जेन–जी आन्दोलनका क्रममा उपत्यकाभित्र विभिन्न स्थानमा भएको आगजनी र त्यसबाट उत्पन्न धुँवाले सुरक्षा चुनौती बढाएपछि हिजो दिउँसोदेखि विमानस्थलको सञ्चालन रोकिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल वरपरको वातावरण र उडान–अवतरण मार्गमा देखिएको धुँवा तथा अन्य कारणले उडान सुरक्षामा गम्भीर असर परेकाले अस्थायी रूपमा विमानस्थल बन्द गरिएको हो ।

हिजो आन्तरिक उडानहरू प्रत्यक्ष प्रभावित भएका थिए । टिकट काटिसकेर यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता गरिने भएको छ । यसबारे वायुसेवा सञ्चालक सङ्घले यात्रुहरूको असुविधा न्यून पार्ने र अवस्थाअनुसार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !