उपत्यकामा निषेधाज्ञा आंशिक खुकुलो, कर्फ्यु यथावत
काठमाडाैँ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा आंशिक रूपमा खुकुलो पार्ने निर्णय गरेको छ ।
बुधबार जारी विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै अत्यावश्यक आवतजावतका लागि समय तोकी छुट दिने उल्लेख छ ।
निर्देशनालयका अनुसार भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न पाइनेछ तर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा यथावत रहनेछ ।
यस्तै, भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कर्फ्यु आदेश लागू हुने सेनाले जनाएको छ । सुरक्षा निकायले पछिल्लो परिस्थितिमा जनधनको सुरक्षा नै प्रमुख प्राथमिकता रहेको भन्दै सबैलाई तोकिएको नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।








