नेपाली बजारमा सुन–चाँदीको मूल्य नयाँ रेकर्ड
प्रकाशित मिति : 12 September, 2025 11:15 am
काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य प्रति १० ग्रामका दरले १ लाख ८५ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ पुगेको छ । सुन–चाँदीको मूल्य निरन्तर उक्लँदै जाँदा बजारमा नयाँ रेकर्ड कायम भएको हो ।








