संसद विघटन र संविधान खारेजी मुलुकको हितमा छैन- जसपा अध्यक्ष यादव
प्रकाशित मिति : 12 September, 2025 11:18 am
काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको विघटन र संविधानको खारेजी मुलुकको हितमा नहुने बताएका छन् ।
अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णयको स्वागत गर्दै उनले संविधानलाई संशोधन र पुनर्लेखनमार्फत परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् ।
यादवले सामाजिक सञ्जालमार्फत भनेका छन्, “वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गरेर संविधान र संसदलाई कायमै राख्नुपर्छ । संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन सक्दैन ।”
उनले अन्तरिम सरकारको नेतृत्वका लागि कार्कीलाई सिफारिस गर्ने निर्णयलाई अत्यन्त सकारात्मक कदम भएको उल्लेख गरेका छन् ।








