दाङमा आज साँझ ५ वजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी
दाङ । दाङ जिल्लामा पुन: कर्फू आदेश जारी भएकाे छ । सम्भावित प्रदर्शन, जुलुस, हिंसात्मक र ध्वंसात्मक गतिविधिलाई राेक्न कर्फू आदेश जारी गरेकाे प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीले आज (भदाै २७) गते अपरान्ह ५ बजेदेखि भाेलि (भदाै २८) बिहान ५ बजेसम्म कर्फू आदेश जारी गरेका छन् । आदेशानुसार आवतजावत, भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ । आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जारी गरिएको उनले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “हिंसात्मक घटना रोक्न र सार्वजनिक तथा सरकारी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न कर्फ्यू आवश्यक देखिएको हो । आदेश उल्लंघन गर्ने विरुद्ध कडा कारबाही हुनेछ।”
कर्फ्यू लागू हुने क्षेत्रहरू यस प्रकार छन्:
राप्ती गाउँपालिका : प्रदेश सभा, मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय क्षेत्र र भालुवाङ बजार, पश्चिममा गोपीनाला, पूर्वमा भालुवाङ पुलसम्म ।
घोराही उपमहानगरपालिका : पश्चिममा झिगौरा चोक, दक्षिणमा प्रहरी बोर्डिङ स्कूलदेखि गोरखा बोर्डिङ स्कूल नजिकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटलदेखि रझेना स्कूलसम्म, उत्तरमा फुर्सेकाली, ढोरेनी स्कूलदेखि सेवार खोला पुलसम्म ।
तुलसीपुर उपमहानगरपालिका : पूर्वमा हात्ती खौवा, पश्चिम कृष्ण मन्दिर, उत्तर आँखा अस्पताल, दक्षिण एयरपोर्टसम्म।
लमही नगरपालिका : पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुल, दक्षिण कोलही पुलसम्म ।








