२० मंसिर २०८२, शनिबार

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की : सपथ आज राति ९ बजे

प्रकाशित मिति :  12 September, 2025 8:05 pm


काठमाडौँ । अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै राति शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतलनिवासमा कार्कीलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको हो ।

पोखरेलले भने, “पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्रीज्यूलाई नियुक्त गर्नुहुन्छ, अनि नयाँ प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को काम अगाडि बढाउनुहुन्छ ।” शपथपछि तत्काल सानो आकारको मन्त्रिपरिषद् गठन हुने तयारी भइरहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !