२० मंसिर २०८२, शनिबार

अन्तत: विघटन भयाे प्रतिनिधिसभा, फागुन २१ मा ताेकियाे चुनाव

प्रकाशित मिति :  13 September, 2025 7:30 am


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्, जुन राष्ट्रपतिले तत्कालै सदर गरेका छन् ।

साथै, फागुन २१ गतेका लागि नयाँ चुनावको मिति पनि तोकिएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिस अनुसार चुनावको मिति घोषणा गरेका हुन् ।

प्रारम्भमा प्रधानमन्त्रीको शपथ ग्रहण र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्कीले यस कदमलाई स्वीकृति दिएकी थिइन् ।

गत सोमबार र मंगलबार जेन–जी पुस्ताको आन्दोलनको दबाब र समर्थनका बीच कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । सोही क्रममा उनी प्रधानमन्त्री बन्ने विषयमा जेन–जी युवाहरूले सामाजिक सञ्जालमा छलफल गरेका थिए । यस छलफलपछि काठमाडौंका मेयर बालेन्द्र शाहले पनि कार्कीको नाममा समर्थन व्यक्त गरेका थिए ।

यसरी नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै जननिर्वाचित संसद् भंग गर्नु नेपालको राजनीतिक इतिहासमा दुर्लभ घटना मानिएको छ। यस घटनाले आगामी राजनीतिक परिदृश्यमा थप चर्चा र बहस जन्माउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !