२० मंसिर २०८२, शनिबार

जलेका संरचना बीच भोलिदेखि स्थानीय तहका सेवा सुचारु गरिने

संघीय मामिला मन्त्रालयले शनिबार ७५३ पालिकालाई सेवा सञ्चालन गर्न सर्कुलर जारी गरेको छ
प्रकाशित मिति :  13 September, 2025 6:01 pm


काठमाडौँ । आन्दोलनका कारण केही दिनदेखि रोकिएका स्थानीय तहका सरकारी सेवा आइतबारदेखि सुचारु गरिने तयारी गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार ७५३ वटै पालिकालाई सेवा सञ्चालन गर्न सर्कुलर जारी गरेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार, आन्दोलनका क्रममा क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थानमा राखेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ ।

क्षति नभएका कार्यालयहरूले भने सहज रूपमा सेवा सञ्चालन गर्न सक्नेछन् । सिंहदरबारभित्रका कार्यालयहरूमा पनि वैकल्पिक व्यवस्थापन गरेर काम अघि बढाइने छ ।

प्रवक्ता पराजुलीले भने, “स्थानीय तह र जिल्ला प्रशासनमार्फत् सर्वसाधारणका अत्यावश्यक कामहरू प्राथमिकतामा राखेर सञ्चालन गरिनेछ। क्षतिग्रस्त कार्यालयहरूको विवरण संकलन गरी मन्त्रालयलाई पठाउन भनिएको छ ।”

उस्तै, शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव मधुप्रसाद घिमिरे का अनुसार, स्थिति सामान्य भएकोले विद्यालयहरू पनि आइतबारदेखि खोल्न तयारी भइरहेको छ । सम्बन्धित पालिकाहरूले आफ्नो क्षेत्र अनुसार विद्यालय सञ्चालनको जानकारी दिनेछन् ।



प्रतिक्रिया दिनुहोस !