जेन-जी आन्दोलनमा ७२ जनाको मृत्यु, १९१ जना घाइते
प्रकाशित मिति : 14 September, 2025 12:14 pm
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ७२ जनाकाे मृत्यु भएकाे छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी जम्मा ७२ जनाको मृत्यु भएको हो ।
आन्दोलन हिंसात्मक बन्दै गएपछि विभिन्न स्थानमा भिडन्त हुँदा ठूलो संख्यामा मानिस घाइते भएका छन् । अर्यालका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
आन्दोलनका क्रममा भएको क्षति र हिंसात्मक गतिविधिले राजनीतिक स्थिरतासँगै जनजीवनमा ठूलो असर पारेको बताइएको छ ।








