एक दिनमै तोलामा रु १ हजारले घट्यो सुनको मूल्य
प्रकाशित मिति : 17 September, 2025 12:21 pm
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेर तोलामा रु २ लाख १६ हजार १०० कायम भएको छ । मंगलबार प्रतितोला रु २ लाख १७ हजार १०० मा कारोबार भई इतिहासकै उच्च मूल्य पुगेको सुन आज तोलामा रु १ हजारले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला रु ४५ ले घट्दै चाँदी तोलामा रु २ हजार ५५० मा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस करिब ३ हजार ६७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटबढ हुने गरेको व्यवसायीहरूले बताएका छन् ।
नेपालमा माग र आपूर्ति, अन्तर्राष्ट्रिय मूल्य तथा विनिमय दरको प्रभावका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ ।








