१९ मंसिर २०८२, शुक्रबार

सुन र चाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति :  18 September, 2025 11:45 am


काठमाडाैँ । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ । यसरी एकै दिनमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको महासङ्घले जनाएको छ । बुधबार तोलामा २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस !