१९ मंसिर २०८२, शुक्रबार

रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु

प्रकाशित मिति :  18 September, 2025 3:11 pm


संकेतिक फाइल फोटो

दाङ । रूपन्देहीमा बुधबार डुबेर तीन जनाको मृत्यु भएको छ । गैडहवा गाउँपालिका–४ स्थित गैडातालमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका–१ असिधबा बस्ने १८ वर्षीय दिपेश थारू र १८ वर्षीय अरूण थारूको डुबेर मृत्यु भएको हो ।

दिउँसोको समयमा साथीसहित तालमा गएका उनीहरू आकस्मिक रूपमा डुबेका थिए । यसैगरी, रूपन्देहीको कोटहीमाई गाउँपालिका–२ खडैयामा ३२ वर्षीय अर्जुन लोधको नालामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !