२० मंसिर २०८२, शनिबार

संसद् विघटनबिना समाधान खोजिएको भए राम्रो हुने थियो-सभामुख घिमिरे

प्रकाशित मिति :  18 September, 2025 3:18 pm


दाङ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रैबाट समाधान खोजिएको भए राम्रो हुने टिप्पणी गरेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको नयाँ बानेश्वरस्थित संसद् भवन अवलोकनपछि पत्रकारसँग कुरा गर्दै उनले त्यस्तो धारणा राखेका हुन् ।

सभामुख घिमिरेले आन्दोलनका घटनालाई दुःखद भन्दै अहिलेको परिस्थितिबाट उठेर सहि बाटोमा अघि बढ्नु सबैको साझा दायित्व भएको बताए । “प्रतिनिधिसभा विघटन नगरी संसद्बाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो,” उनले भने ।

उनले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएकाले गम्भीर परिस्थिति सिर्जना भएको उल्लेख गर्दै अब अन्तरिम सरकारले देखिएका समस्या समाधान गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

घिमिरेका अनुसार, देशलाई उठाउनका लागि आम जनता र सबै क्षेत्रले आत्मसमीक्षा गर्दै सकारात्मक ढंगले लाग्नुपर्ने आवश्यकता छ ।



प्रतिक्रिया दिनुहोस !