१९ मंसिर २०८२, शुक्रबार

सुन–चाँदीको मूल्य ऐतिहासिक उचाइमा

प्रकाशित मिति :  21 September, 2025 11:55 am


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

महासंघका अनुसार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन–चाँदीको मूल्यमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिको प्रभाव देखिएको छ । विश्व बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा प्रत्यक्ष रूपमा परेको व्यवसायीहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !