१९ मंसिर २०८२, शुक्रबार

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

प्रकाशित मिति :  22 September, 2025 7:16 pm


काठमाडौँ । लगातारको वर्षाले गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला नजिक गएको पहिरो पूर्णरूपमा हटाएपछि आज साँझ साढे ५ बजेदेखि दुईतर्फी यातायात सहज भएको हो ।

शुक्रबार साँझदेखि अवरुद्ध भएको यो राजमार्ग आइतबार साँझ एकतर्फी मात्र सञ्चालनमा आएको थियो । आज दिनभर आवागमन पूर्ण रूपमा रोकी पहिरो हटाउने कार्य गरिएको र रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात रोकिएको कार्यालयले जनाएको छ । अब भने सडक दुवै तर्फ खुल्दा यात्रु तथा सवारी चालकहरूलाई सहज भएको छ ।

यो राजमार्ग मुलुकको प्रमुख व्यापारिक मार्ग भएकाले यसमार्फत काठमाडौँ, पोखरा तथा तराई जोड्ने यातायात आवागमनमा राहत मिलेको छ ।



प्रतिक्रिया दिनुहोस !