१९ मंसिर २०८२, शुक्रबार

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहतमा

प्रकाशित मिति :  25 September, 2025 9:17 pm


काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुबै विभागको कार्यक्षेत्र तोकी अर्थ मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको संचार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

विसं २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले शक्तिकेन्द्रित कदम चालेको भन्दै त्यतिबेला आलोचना भएको थियो ।

सरकारको ताजा निर्णयअनुसार अब सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत रहनेछन् भने राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत ल्याइने भएको छ ।

मन्त्री खरेलका अनुसार यस निर्णयले जिम्मेवारीको स्पष्टता र कार्यसम्पादनमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !