१९ मंसिर २०८२, शुक्रबार

जेनजी आन्दोलनपछि अझै ६ हजार ८१३ कैदी फरार, सुरक्षा चुनौती तीव्र

प्रकाशित मिति :  25 September, 2025 9:31 pm


काठमाडौँ । २४ भदौको जेनजी आन्दोलनको मौका छोपेर भागेका १४ हजार ५४९ मध्ये बुधबारसम्म ७ हजार ७३५ कैदीबन्दी फिर्ता भइसके पनि अझै ६ हजार ८१३ जना खुलेआम समाजमा छन् ।

कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दी विदेश भाग्न सक्ने भन्दै विवरण अध्यावधिक गरी अध्यागमन विभागलाई पठाउने काम गरिरहेको छ । अध्यागमनले तिनलाई कालोसूचीमा राखेर निगरानी गर्ने तयारी गरेको छ ।

फरार कैदीका कारण भिसा जाँचमा कडाइ बढेको छ भने भारतले समेत सीमा क्षेत्रमा निगरानी कडा पारेको यात्रुहरूले बताएका छन् ।

यसबीच केही फरार कैदीले पुनः अपराध गरेका छन् । नख्खु कारागारका सन्तबहादुर तामाङ भागेर आफ्नी श्रीमतीको हत्या गरी पुनः कारागार फर्किएका छन् भने कञ्चनपुरका दीपक सुनारले ५० वर्षीया महिलामाथि बलात्कार प्रयास गरेका थिए ।

सुरक्षा निकायका संरचना आन्दोलनमा जलेर नष्ट भएकाले प्रहरी हातहतियारविहीन छन् । चाडपर्व नजिकिँदै गर्दा चोरी–डकैती र यस्ता आपराधिक गतिविधि बढ्ने जोखिम सुरक्षा अधिकारीहरूले औंल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !