दुई महिनामै निर्जीवन बिमा कम्पनीहरूले ८ अर्ब १२ करोड रुपैयाँ बिमाशुल्क सङ्कलन
काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ)मा निर्जीवन बिमा बजारले उल्लेख्य प्रगति गरेको छ ।
बीमा प्राधिकरणका तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीहरूले यस अवधिमा ४ लाख ३२ हजार ६९ वटा बिमालेख जारी गरी कुल ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्।
यस अवधिमा सबैभन्दा धेरै शुल्क सङ्कलन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स बनेको छ। कम्पनीले दुई महिनामै ८९ करोड ४४ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेको छ ।
दोस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ, जसले ८४ करोड ८२ लाख रुपैयाँ सङ्कलन गरेको छ। त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७७ करोड ३३ लाख रुपैयाँ शुल्क उठाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेको छ भने एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ ।
आइजिआई प्रुडेन्यिल इन्स्योरेन्सले ६२ करोड ९१ लाख, ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख र नेको इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन् ।
यूनाइटेड अजोड इन्स्योरेन्सले ५७ करोड ४८ लाख रुपैयाँ शुल्क संकलन गरेको छ भने सानिमा जिआइसी इन्स्योरेन्सले ४९ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख, नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख, प्रभु इन्स्योरेन्सले ३२ करोड ३२ लाख र राष्ट्रिय बिमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ शुल्क संकलन गरेका छन् ।
दुई महिनामै ८ अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन हुनु निर्जीवन बिमा बजारको सक्रियता र प्रतिस्पर्धात्मक अवस्थाको सूचक हो। आगामी महिनाहरूमा यस संकलन अझै बढ्ने अपेक्षा गरिएको छ ।








