२० मंसिर २०८२, शनिबार

मन्त्रिपरिषद्को बैठक : यस्ता छन् १९ निर्णय

प्रकाशित मिति :  26 September, 2025 3:57 pm


काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका छन् ।

बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सुझावसहितको प्रतिवेदन तयार गर्न पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाली सेनामा उच्च पदस्थ अधिकृतहरूको बढुवा तथा सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । दुई जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने, नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र तीन जना सहायक रथीलाई सरुवा गर्ने निर्णय भएको हो ।

यसबाहेक नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधितर्फका दुई सचिवहरूको राजीनामा स्वीकृत गरिएको छ । राजीनामा दिनेमा रामगोविन्द अर्याल र रमेश शर्मा रहेका छन् ।

मन्त्रिपरिषद्ले अन्य विभिन्न एजेन्डामा समेत निर्णयहरू गरेको र तीबारे विस्तृत जानकारी क्रमशः सार्वजनिक गरिने सञ्चारमन्त्री खरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !