१९ मंसिर २०८२, शुक्रबार

सल्यान जीप दुर्घटनाका तीन मृतककाे सनाखत : दुई घाइतेलाई नेपालगञ्ज रिफर

प्रकाशित मिति :  28 September, 2025 11:47 am


दाङ । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको जीप दुर्घटनाका तीन मृतककाे सनाखत भएकाे छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम, बाफीकोट गाउँपालिका–५ का अन्दाजी २५ वर्षिय प्रकाश केसी, ६८ वर्षिया पबी केसी र २७ वर्षिय शशीधर केसी रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पबी केसीको पहिचान नागरिकताको आधारमा गरिएको हो भने शशीधरको पहिचान गाउँपालिका अध्यक्ष टेकबहादुर बाँठाले गरेका हुन् ।

रुकुम पश्चिमको बाफीकोटबाट दाङको घोराहीतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब ४ बजे सडकबाट करीब ४ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाफीकोट–५ कै ४७ वर्षिय खगेन्द्र केसी र ३६ वर्षिया बिना केसी घाइते भएका छन् । उनीहरूलाई प्रारम्भिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

राति १० बजेतिर प्रहरी चौकी कपुरकोटमा इन्ट्री गरेको विवरण अनुसार गाडीमा ३ पुरुष र २ महिला गरी पाँच जना सवार थिए। दुर्घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपाल बहादुर वलीको कमाण्डमा सात जनाको टोली खटाइएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको कमाण्डमा थप नौ जनाको टोली परिचालित भएको थियो ।

दुर्घटनास्थल प्रहरी चौकी कपुरकोटबाट करिब ६ किलोमिटर दक्षिण र इलाका प्रहरी कार्यालय लुहामबाट २६ किलोमिटर पूर्वतर्फ पर्छ ।



प्रतिक्रिया दिनुहोस !