महोत्तरीमा ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
प्रकाशित मिति : 1 October, 2025 2:39 pm
महोत्तरी । महोत्तरी जिल्लाको हरिपुवा नगरपालिका–१ हर्दी खोलाको किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा चार जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृत्यु हुनेमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षिया सायदा खातुन, ६ वर्षिया सविवा खातुन, ८ वर्षिय डिल्लु मन्सुर र ९ वर्षिया नर्गिस खातुन रहेका छन् ।
आज बिहान माटो खन्ने क्रममा अचानक ठूलो ढिस्को खसेर उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले तत्काल उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याए पनि अस्पताल पुगेपछि चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।








