अविरल वर्षाका कारण आइतबार र सोमबार पनि सार्वजनिक बिदा
प्रकाशित मिति : 4 October, 2025 2:52 pm
काठमाडौँ । अविरल वर्षासँगै उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार भोलिदेखि सरकारी कार्यालयहरू सञ्चालनमा ल्याउने तयारी भएपनि देशका विभिन्न भागमा सडक अवरुद्ध भई आवागमन अवरुद्ध बनेपछि आइतबार र सोमबार (असोज १९ र २०) सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
निरन्तरको वर्षाका कारण पहिरो, बाढी र डुबानले जनजीवन प्रभावित बनेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लामा आवतजावत ठप्प बनेपछि सरकारले थप बिदा दिँदै सर्वसाधारणलाई सुरक्षित रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार परिस्थिति सामान्य बनेसँगै सरकारी सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने छ।








