१९ मंसिर २०८२, शुक्रबार
पाल्पामा सतर्कता

पाल्पामा २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक

प्रकाशित मिति :  4 October, 2025 4:18 pm


दाङ । पाल्पा जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बाढीपहिरोको जोखिम बढेकाले तीन दिनका लागि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउँ गाउँपालिका–३ को सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ को चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जाने सम्भावना देखिएकाले रोक लगाइएको हो ।

उनले असोज १८, १९ र २० गतेका लागि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन नगर्न यातायात व्यवसायीलाई अनुरोध गरिएको जानकारी दिइन् । साथै उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहलाई समेत निर्देशन दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !