१९ मंसिर २०८२, शुक्रबार
वर्षा अपडेट

देशभर कुन स्थानमा कति वर्षा भयाे ? हेर्नुहाेस्

प्रकाशित मिति :  4 October, 2025 4:36 pm


पछिल्लाे १२ घण्टामा वीरगञ्जमा सबैभन्दा बढी अर्थात १४३ मिलिमिटर वर्षा, बारा–रौतहटसहित मध्य तराईमा अति भारी वर्षा, उपत्यका र पहाडमा जोखिम बढ्यो ।

दाङ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावमा नेपालभर वर्षा तीव्र बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला १२ घण्टामा पर्साको वीरगञ्जमा सबैभन्दा धेरै १४३ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी बारामा १४०.४, रौतहटको गौरमा १२९ र महेशपुरमा १२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। विभागले बारा र पर्साको वर्षालाई अति भारी वर्षा को श्रेणीमा राखेको छ ।

मध्य क्षेत्रलाई केन्द्रित गर्दै नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भइरहेको विभागले जनाएको छ। यस अवधिमा सिन्धुपाल्चोकदेखि दोलखा र काठमाडौं उपत्यकासहित १४ जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

यस्तै देशभरका पचासभन्दा बढी मापन केन्द्रहरूमा ३० देखि ५० मिलिमिटरसम्म वर्षा भएको विभागको तथ्याङ्कले देखाएको
छ । महाशाखाका अनुसार बंगालको खाडीबाट आएको प्रणाली अझै सक्रिय छ र अर्को प्रणाली पनि विकास हुँदै गएकाले आज राति पनि धेरै स्थानमा भारी वर्षा हुने सम्भावना उच्च रहेको छ ।



प्रतिक्रिया दिनुहोस !