देशभर बाढी–पहिरोमा ५२ जनाको मृत्यु
प्रकाशित मिति : 5 October, 2025 8:41 pm
काठमाडाैँ । शुक्रबार र शनिबार निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका घटनामा देशभर ५२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, कोशी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।
केवल इलाम जिल्लामै ३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, पाँचथरमा ८, उदयपुर र खोटाङमा २–२ जना रौतहटमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् भने विद्युत् र सञ्चार सेवा पनि प्रभावित भएका छन् । उद्धार तथा राहतका लागि सुरक्षा निकायहरू सक्रिय रहेको र बेपत्ता नागरिकको खोजी कार्य जारी रहेको प्रहरी मुख्यालयले जनाएको छ ।








