१८ बैशाख २०८१, मंगलबार

रोल्पामा नाबालिका करणी प्रयासको आरोपमा एक जना पकाउ

प्रकाशित मिति :  20 June, 2020 3:51 pm


रोल्पा, ६ असार ।

रोल्पामा नाबालिकालाई करणीको प्रयास गरेको आरोपमा व्यक्ति पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।

प्रहरी निरीक्षक केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य छ ।



प्रतिक्रिया दिनुहोस !