१९ मंसिर २०८२, शुक्रबार
काठमाडाैँ प्रवेश सहज बन्दै

रातभर बन्द नारायणगढ–मुग्लिन सडक सुचारु, सतर्क रहन आग्रह

प्रकाशित मिति :  6 October, 2025 7:18 am


काठमाडाैँ । रातभर अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो ।

प्रहरीका अनुसार हाल सडकमा कुनै अवरोध छैन र सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन् तर सो क्षेत्रमा अझै पनि पहिरोको जोखिम कायम रहेकाले यात्रु र सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

अविरल वर्षाका कारण आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । रातभर डोजर र प्राविधिक टोलीले माटो र ढुंगामाटो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !