१९ मंसिर २०८२, शुक्रबार

लगातार मूल्यवृद्धि : सोमबार पनि सुनचाँदीको भाउ उकालो

प्रकाशित मिति :  6 October, 2025 12:09 pm


दाङ । दसैँ सकिएसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार पनि सुन र चाँदी दुबैको भाउ वृद्धि भएको छ ।

सुनको मूल्य सोमबार तोलामा रु २,५०० ले बढेर छापावाला सुन प्रतितोला रु २,३३,१०० कायम भएको छ। आइतबार सो मूल्य प्रतितोला रु २,३०,६०० थियो ।

यसअघि दशैंअघि सुनको मूल्य प्रतितोला रु २,२३,२०० मात्र रहेकोमा, दसैँ अवधिभर लगातार बढ्दै सोमबारसम्म आइपुग्दा तोलामा रु ९,९०० ले वृद्धि भएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै सोमबार प्रतितोला रु ३० ले बढेको छ। आइतबार रु २,९३० मा कारोबार भएको असली चाँदी सोमबार रु २,९६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्य, अमेरिकी डलरको सशक्तिकरण र स्थानीय बजारमा चाडपर्वपछिको मागवृद्धि नै मूल्य बढ्नुका मुख्य कारण हुन् । बजार विश्लेषकहरूले मूल्य अझै केही दिन स्थिर नहुने अनुमान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !