१९ मंसिर २०८२, शुक्रबार

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, तोलामा २ हजार ३ सयले वृद्धि

प्रकाशित मिति :  7 October, 2025 12:03 pm


काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार चार सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँ कायम थियो। यसरी एकै दिनमा सुनको मूल्य २ हजार तीन सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ ।

लगातार बढ्दो सुनको मूल्यले बजारमा लगानीकर्ताको चासो बढाएको छ भने सामान्य उपभोक्ताहरू भने मूल्यवृद्धिबाट प्रभावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !