१९ मंसिर २०८२, शुक्रबार

सल्यानमा जन्ती सवार जिप दुर्घटना हुँदा १२ जना घाइते

प्रकाशित मिति :  9 October, 2025 8:22 pm


दाङ । विवाहका लागि जन्ती बोकेर सानिगरेतर्फ जाँदै गरेको जिप सल्यानमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनामा परेकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका–१० भाँगाचौरबाट सानिगरेतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप बिहीबार दिउँसो शारदा–९ ज्वालापुरमा दुर्घटनाग्रस्त भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये भाँगाचौर निवासी ६० वर्षीया गुमी कवर र १४ वर्षीया सोभा कवर गम्भीर घाइते भएका छन् ।

अन्य घाइतेहरूमा २४ वर्षका दुलाहा चेतराम गिरी, २० वर्षिया दुलही कमला गिरीसहित कुल १२ जना रहेका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरीले प्रारम्भिक अनुमान अनुसार जिपले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !