एक वर्ष पनि नपुग्दै सरुवा भए लुम्बिनी प्रदेशका दुई सचिव
प्रकाशित मिति : 10 October, 2025 5:30 pm
काठमाडौँ । लुम्बिनी प्रदेशका दुइ प्रदेश सचिवको सुरुवा भएको छ ।
संघीय सरकारको निर्णय अनुसार लुम्बिनी प्रदेश सचिव बसन्तप्रसाद कोइराला र डिला राम पन्थको सरुवा गरेको हो ।
कोइरालाको चिकित्सा शिक्षा आयोग र पन्थको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । नेपाल सरकारले बुधबार(असोज २३ गते) १५ जना सहसचिवको सुरुवा गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार प्रदेश सचिव कोइराला र पन्थको पनि सुरुवा भएको हो । पन्थ लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव थिए ।
पन्थले २०८१ कात्तिक २० गते मात्रै लुम्बिनी प्रदेशको आर्थिक मामिला सचिवको पदभार ग्रहण गरेका थिए । उनको एक वर्ष नपुग्दै सरुवा भएको छ ।
यस्तै कोइरालाले पनि २०८२ बैशाख १७ गते मात्रै लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए ।








