एमालेको चेतावनी : सरकार दलहरूमाथि निषेधको बाटोमा नहिडाेस्
प्रकाशित मिति : 10 October, 2025 6:53 pm
काठमाडाैँ । नेकपा एमालेले सरकारलाई राजनीतिक दलहरूप्रति निषेधात्मक र बहिष्कृत दृष्टिकोण नअपनाउन चेतावनी दिएको छ ।
शुक्रबारको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्नु देश र लोकतन्त्र दुबैका लागि घातक हुने बताएका हुन् ।
ज्ञवालीका अनुसार सरकार संवाद र सहकार्यको सट्टा दलहरूलाई अलग्याउने दिशामा अघि बढिरहेको छ, जसले राजनीतिक स्थायित्वमा नकारात्मक असर पार्न सक्छ ।
उनले एमाले सधैं मित्रवत् रूपमा अघि बढ्ने जिकिर गर्दै, सहमतिको राजनीति मात्र स्थायित्वको आधार बन्ने बताए । पार्टीले महाधिवेशन तयारीबारे पनि भोलिसम्म अन्तिम छलफल गर्ने जनाएको छ ।








