माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा बारमा दुईको मृत्यु, चार घाइते
प्रकाशित मिति : 11 October, 2025 10:59 am
काठमाडाैँ । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहार तयारीका लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा चार जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको छ ।
स्थानीयवासीले तिहारमा प्रयोग हुने माटो संकलनका क्रममा ढिस्को अचानक खसेपछि दुर्घटना भएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








