५ जेष्ठ २०८३, मंगलबार
काङ्ग्रेसमा नेतृत्व बहस

डा. शशांक कोइरालाको सुझाव : कांग्रेस कार्यसमिति विघटन र कार्यवाहक सभापति तोक्नुपर्छ

प्रकाशित मिति :  11 October, 2025 4:36 pm


काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न र कार्यवाहक सभापति तोक्न आग्रह गरेका छन्।

शनिबार सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले पार्टीको नेतृत्वमा नयाँ ऊर्जाको आवश्यकता रहेको बताए। उनका अनुसार विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन तयारी गर्नु उपयुक्त हुन्छ।

“मैले देउवा जीलाई भनेको छु-कार्यसमिति विघटन गर्नुस्, कार्यवाहक सभापति तोक्नुस्, उहाँले नयाँ मिति तय गर्ने जिम्मेवारी पाउनुहोस्,” कोइरालाले भने। उनले मंसिरसम्म महाधिवेशनको मिति तय हुने अपेक्षा पनि व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !