रोल्पाको लुङ्ग्री गाउँपालिकाद्वारा नगर प्रहरी भर्ना प्रकृया स्थागित
प्रकाशित मिति : 12 October, 2025 5:42 pm
काठमाडौँ । रोल्पाको लुङ्ग्री गाउँपालिकाले नगर प्रहरी भर्ना प्रकृया स्थागित गरेको छ ।
पालिकाले १ नगर प्रहरी हवल्दार र २ नगर प्रहरी जवान भर्नाका लागि विज्ञापन खुलाएको थियो । विज्ञापनको विरोध भएपछि पालिकाले भर्ना प्रकृया स्थगित गरेको हो ।
पालिकाले आज विज्ञप्ति निकाल्दै विविध कारणले आज बसेको कार्यपालिका बैठकले भर्ना स्थगित गरेको जनाएको छ । संघीय सरकारले खर्चमा मितव्ययीता अपनाउने निर्णय गर्दै करार सम्झौता रद्द गर्न परिपत्र गरेको थियो ।
संघीय सरकारको परिपतत्रपछि पनि गाउँपालिकाले नगरप्रहरी भर्ना प्रकृया सुरु गरेको थियो ।
पालिकाले आवश्यकता अनुसार करारमा नगरप्रहरी भर्ना गर्न सक्छन् । पालिकाले नगरप्रहरी भर्ना प्रकृया सुरु गरेपछि पालिकाभित्र र बाहिरबाट समेत विरोध भएको थियो ।









