१५ बैशाख २०८१, शनिबार

भारत र चीनबीचको तनावबारे अमेरीकाको चासो, दुबै देशसँग छलफल भईरहेको ट्रम्पको भनाई

प्रकाशित मिति :  21 June, 2020 8:42 am


काठमाडौं, ७ असार । 

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच ठूलो समस्या देखिएको भन्दै दुबै देशसँग आफ्नो कुरा भईरहेको बताएका छन् ।

अमेरीकी राष्ट्रपति ट्रम्पले व्हाइट हाउसबाहिर पत्रकारसँग कुरा गदै दुई देशबीच जारी तनावलाई न्यून गर्न अमेरीका सहयोगका लागि तयार रहेको बताएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनले पत्रकारसँग भने,‘यो निकै अफ्ठेरो परस्थिति हो । मैले भारतसँग पनि कुरा गरिरहेको छु । मैले चीनसँग पनि कुरा गरिरहेको छु । त्यहाँ दुबै देशबीच ठूलो समस्या छ । दुबै एक अर्काको सामने आएका छन् र हामीले हेरिरहेका छौं की अगाडि के हुन्छ । हामीले उनीहरुलाई मद्दत गर्ने कोशिस गरिरहेका छौं ।’

गत सोमबार राती गलवान घाटीमा भारत र चीनबीच भएको हिंसात्मक झडपमा एक कर्णेलसहित २० भारतीय सैनिक मारिएपछि दुबै देशबीच तनाव जारी छ तर यो घटनामा चीनतर्फ भएको क्षतिबारे कुनै जानकारी आएको छैन ।

भारत र चीनबीच तनाव बढेपछि गएको महिना नै अमेरीकी राष्ट्रपति ट्रम्पले तनाव कम गर्न मध्यस्थताका लागि अमेरीका तयार रहेको बताएका थिए । यद्यपी अमेरीकाको उक्त प्रस्ताव भारत र चीन दुबै देशले अस्वीकार गरेका थिए ।

       सम्बन्धित समाचार

छिमेकी मुलुक भारत र चीनबीचको तनावबारे नेपालको धारणा सार्वजनिक



प्रतिक्रिया दिनुहोस !