रुकुम पूर्वमा एमालेकाे “जनतासँग एमाले” अभियान सुरु
दाङ । नेकपा (एमाले) रुकुम पूर्वले “जनता संग एमाले” अभियान सञ्चालन गरेकाे छ । अभियानअन्तर्गत आज सिस्ने गाउँपालिका–४ काँडामा जनघेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा माओवादी र नेपाली कांग्रेस परित्याग गरी स्थानीय चार जना एमाले प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्नेहरूमा माओवादीबाट जयमन्ती खड्का, खिमबहादुर खड्का, कमला खत्री र नेपाली कांग्रेसबाट हस्तबहादुर बढा रहेका छन् ।
उनीहरूलाई जिल्ला अध्यक्ष लिलामणि गौतमले पार्टीमा स्वागत गर्दै अब एमाले नै जनताको आशा र विश्वासको केन्द्र भएको बताएका छन् ।
अध्यक्ष गौतमका अनुसार एमालेले जनतासँग प्रत्यक्ष सम्पर्क र संवादका माध्यमबाट संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढिरहेको छ।
उनले जनघेटघाट अभियानले गाउँ–गाउँमा जनताबीचको पार्टी सम्बन्धलाई अझ नजिक ल्याएको बताए। कार्यक्रममा स्थानीय कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।








