१९ मंसिर २०८२, शुक्रबार
रेमिट्यान्स बढ्दै

दुई महिनामा ३ खर्ब ५२ अर्ब रेमिट्यान्स : विदेशी मुद्रा सञ्चिति २८ खर्ब ८१ अर्बमा

प्रकाशित मिति :  15 October, 2025 7:30 am


काठमाडाैँ । गएको साउन र भदौमा मात्रै रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब रुपैयाँ मुलुकमा भित्रिएको छ, जाे गत वर्षको सोही अवधिभन्दा ३३ प्रतिशत बढी । यसले अर्थतन्त्रका बाह्य सूचकहरूलाई मजबुत बनाएको छ ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति २८ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ, जसले १९.७ महिनासम्मको वस्तु आयात धान्न सक्छ । मुद्रास्फीति घटेर १.८७ प्रतिशतमा झरेको छ ।

तर, प्रत्यक्ष वैदेशिक लगानी भने घटेर केवल १ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ, गत वर्षको सोही अवधिमा यो २ अर्ब ७१ करोड रुपैयाँ थियो ।

अर्थविद्हरूका अनुसार रेमिट्यान्स र विदेशी सञ्चिति बलिया बने पनि लगानी घट्नु दीर्घकालीन रूपमा चिन्ताको विषय हो । उनीहरूले विकास खर्च बढाउन र लगानीमैत्री नीति लागू गर्न सरकारलाई सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !