१९ मंसिर २०८२, शुक्रबार
केन्द्रीय कमिटि बैठक

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव

प्रकाशित मिति :  15 October, 2025 4:03 pm


ललितपुर । नेकपा (एमाले)को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । ललितपुरस्थित रामबाग महलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही मिति र स्थान प्रस्ताव गरेका हुन् ।

अध्यक्ष ओलीको प्रस्ताव अहिले बैठकमा छलफलमा रहेको छ भने आगामी तीन दिनभित्र औपचारिक रूपमा निर्णय लिने तयारी गरिएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले महाधिवेशनको तयारी, संगठन विस्तार, नीति तथा कार्यक्रम समीक्षा, र नयाँ नेतृत्व चयन प्रक्रियासम्बन्धी विषयमा पनि धारणा राखिरहेका छन् ।

पार्टी स्रोतका अनुसार महाधिवेशनलाई ‘नयाँ विचार र संगठन सुदृढीकरणको महाधिवेशन’ का रूपमा प्रस्तुत गरिने तयारी छ।बैठकमा अध्यक्ष ओलीले पार्टीलाई जनतामुखी, आधुनिक र सक्षम बनाउने दीर्घकालीन रणनीति प्रस्तुत गर्दै, पोखरामा महाधिवेशन आयोजनाका लागि स्थानीय समिति गठन र पूर्वतयारी तत्काल सुरु गर्ने प्रस्ताव पनि अघि सारेका छन्।

एमालेको पछिल्लो महाधिवेशन २०७८ मङ्सिरमा चितवनमा सम्पन्न भएको थियो, जसबाट ओली पुनः अध्यक्ष निर्वाचित भएका थिए । यसपटकको महाधिवेशनलाई संगठनात्मक रूपान्तरण र भावी नेतृत्व हस्तान्तरणको निर्णायक चरणको रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !