१९ मंसिर २०८२, शुक्रबार

कुकुर पूजा आज : यमराजका दूत र धर्मराजका द्वारपालको श्रद्धासहित सम्मान

प्रकाशित मिति :  20 October, 2025 8:20 am


दाङ । यमपञ्चकको दोस्रो दिन आज देशभर कुकुर तिहार पर्व श्रद्धा र सम्मानपूर्वक मनाइँदैछ । नेपालीहरूले घर–आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाउँदै पूजा गरिरहेका छन् ।

वैदिक परम्परा अनुसार कुकुरलाई यमराजका दूत र धर्मराजका द्वारपालका रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक विश्वास छ ।

पुराणका अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग जाने मार्ग प्रशस्त हुन्छ भन्ने मान्यता रहेको छ ।

द्वापर युगमा पाण्डवहरूको स्वर्गारोहण यात्रामा धर्मराज युधिष्ठिरसँग एक कुकुरले साथ दिई स्वर्गको ढोकासम्म पु¥याएको कथा पनि उल्लेख छ । यस प्रसङ्गले कुकुरको निष्ठा, विश्वास र पवित्रताको प्रतीक दर्साउँछ ।

ऋग्वेदमा ‘समरा’ नामकी कुकुर आमाको कथा पाइन्छ, जसले इन्द्रलाई हराएको वस्तु खोज्न सहयोग गरेकी थिइन्। त्यसैले वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजका सन्देशवाहकका रूपमा पूजा गर्ने चलन आज पनि जीवित छ ।



प्रतिक्रिया दिनुहोस !