नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्दै
प्रकाशित मिति : 20 October, 2025 8:27 am
काठमाडाैँ । इजरेली सेनाका अनुसार हमास समूहको बन्धकत्वमा परेका नेपाली विद्यार्थी विपिन जोशीको शव आज (आईतवार) नेपाल ल्याइँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार उनको शव दिउँसो २ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अपेक्षा गरिएको छ।
विपिन जोशीको शव काठमाडौँ आइपुगेपछि नेपाली सेनाको संयोजनमा उनको पार्थिव शरीर घरसम्म पु¥याइने मन्त्रालयले जनाएको छ।
जोशी इजरायलमा अध्ययनरत नौ नेपाली विद्यार्थीमध्ये एक थिए, जो गत वर्ष हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए।








