१९ मंसिर २०८२, शुक्रबार

लक्ष्मीपूजाको मैनबत्तीबाट गुल्मीमा आगलागी हुँदा गोठ जलेर नष्ट

प्रकाशित मिति :  21 October, 2025 7:38 am


बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–९ ददल्कामा दीपावलीको उत्सवबीच मैनबत्तीको ज्योतिले घरमा उज्यालो ल्याउने सट्टा दुर्भाग्यका छायाे फैलाएको छ।

मैनबत्ती बाल्ने क्रममा स्थानीय शान्ती परियारको गोठमा आगलागी भई पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिँदै भने, “४५ वर्षिया परियारको ढुङ्गा–माटोले बनेको गोठमा मैनबत्तीले आगो सल्किएको प्रारम्भिक अनुमान छ।”

सौभाग्यवश, आगलागीमा कुनै मानव वा पशुचौपायाको ज्यान गएन तर, दीपावलीको रातमा भएको उक्त घटनाले गाउँमा त्रास र सतर्कता दुवै सिर्जना गरेको छ।

स्थानीयले समयमै आगो नियन्त्रणमा ल्याएपछि ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। मैनबत्ती र दियो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !