१९ मंसिर २०८२, शुक्रबार

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाउँछाैँ-प्रधानमन्त्री कार्की

प्रकाशित मिति :  22 October, 2025 11:18 am


काठमाडाैँ । प्रधानमन्त्री सुशीला काकीले नेपाल संवत्लाई सरकारी दस्तावेजसँगै नेपाली मुद्रामा समावेश गर्ने प्रक्रिया अघि बढाइने बताएकी छिन् ।

नेपाल संवत् ११४६ अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायसँग परामर्श गरी नोटमा नेपाल संवत् उल्लेख गर्ने कार्य अघि बढाइने प्रतिबद्धता जनाइन् ।

उनले राजा राघवदेवको शासनकालमा शंखधर साख्वाले जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक घटनाले आज पनि नेपाली समाजमा सामाजिक एकता र मानवताका मूल्यलाई बलियो बनाएको उल्लेख गरिन् ।

प्रधानमन्त्री काकीले सरकारी कार्यालयमा नेपाल संवत् प्रभावकारी रूपमा लागू गर्न मन्त्रालयहरूलाई निर्देशन दिने तयारी भइरहेको बताउँदै, त्यसको अनुगमनका लागि सम्बन्धित प्रतिष्ठानसँग सहकार्य गरिने जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !