१९ मंसिर २०८२, शुक्रबार

प्रचण्डको जोड : लोकतन्त्र सुदृढिकरण र राष्ट्रिय एकता आजको टड्कारो आवश्यकता

प्रकाशित मिति :  22 October, 2025 11:20 am


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको सुदृढिकरण र राष्ट्रिय एकतालाई वर्तमान परिस्थितिको मूल आवश्यकता भएको बताएका छन् ।

नेपाल संवत् ११४६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले लोकतन्त्रलाई ‘अग्रगामी सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता समाधान गर्न नसकिने बताएका छन् ।

उनका अनुसार, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिहरूमाथि टेकेर मात्रै मुलुक समृद्धितर्फ अघि बढ्न सक्छ ।

प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउने निर्णयमा आफ्नो पहिलो कार्यकालको सम्झना गर्दै त्यसलाई २०८० सालमा सरकारी दस्तावेजमा लेखिने निर्णयले थप संस्थागत गरेको बताएका छन् ।

उनले परिवर्तनका पक्षमा रहेका राजनीतिक शक्तिबीच साझा एकता र संविधानको पूर्ण कार्यान्वयनमार्फत सामाजिक न्यायसहितको समृद्धि निर्माण नै नेपाल संवत् ११४६ को वास्तविक शुभकामना हुने बताए ।



प्रतिक्रिया दिनुहोस !