जेन-जी आन्दोलनका सहिदकाे श्रद्धाञ्जलीसहित माइतीघरमा सामूहिक भाइटीका (फाेटाे फिचर)
प्रकाशित मिति : 23 October, 2025 4:58 pm
काठमाडाैँ । भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जेन जी युनाइटेड परिवर्तन समूहले काठमाडौंको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सहिद परिवार, घाइते र आन्दोलनमा सहभागी युवाहरूको उपस्थित रहेको थियो। सहभागीहरूले सहिदहरूको तस्बिरमा टीका र माला लगाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।










